Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सबैभन्दा धेरै नाफा गर्नेमा नबिल बैंक, यस्तो छ सूचक

२०८१ श्रावण २२ गते

बैंकिङ खबर/गत आर्थिक वर्ष २०८०–८१ मा रकमको आधारमा सबैभन्दा धेरै नाफा नकिल बैंकले कमाएको छ।

नबिल बैंकको नाफा सबैभन्दा धेरै ७ अर्ब ६ करोड रूपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०७९–८० को सोही अवधिको तुलनामा यो ९.३४ प्रतिशतले धेरै हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ४० करोड नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी घटे पनि प्रावधानमा राखिने रकम पनि उच्चले घटेपछि नाफामा वृद्धि भएको हो।

बैंकको खुद ब्याज आम्दानी ८.६८ प्रतिशतले घटेर १६ अर्ब २० करोड रूपैयाँमा सीमित भएको छ। यस्तै, यसअघि ५ अर्ब ४२ करोड रूपैयाँ प्रावधानमा राखेकोमा यसपटक ३ अर्ब २२ करोड राखेको छ।