Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर काफ्लेको निधन

२०८१ श्रावण २१ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर गोपालप्रसाद काफ्लेको निधन भएको छ। दीर्घरोगी काफ्लेको सोमबार बिहान १० बजे हेम्स अस्पतालमा निधन भएको हो।

डा. युवराज खतिवडा गभर्नर रहँदा काफ्ले डेपुटी गभर्नर भएका थिए। डेपुटी गभर्नरको रूपमा उनले पाँच वर्ष जिम्मेवारी सम्हालेका थिए।

उनको नाम गभर्नरको लागि समेत सिफारिस गरिएको थियो। लामो समय उनले राष्ट्र बैंकमा प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका थिए।