August 5th, 2024

राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर काफ्लेको निधन

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर गोपालप्रसाद काफ्लेको निधन भएको छ। दीर्घरोगी काफ्लेको सोमबार बिहान १० बजे हेम्स अस्पतालमा निधन भएको हो।

डा. युवराज खतिवडा गभर्नर रहँदा काफ्ले डेपुटी गभर्नर भएका थिए। डेपुटी गभर्नरको रूपमा उनले पाँच वर्ष जिम्मेवारी सम्हालेका थिए।

उनको नाम गभर्नरको लागि समेत सिफारिस गरिएको थियो। लामो समय उनले राष्ट्र बैंकमा प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका थिए।