
बैंकिङ खबर/ ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड (GRDBL)ले २०८०/८१ आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित साउन १८ गते गरेको छ।विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
२०८०/८१ आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज अघिल्लो आर्थिक वर्षको तुलनामा कम भएको हुदा बैंकको खुद नाफा बढेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.१० प्रतिशत बढेको छ र खुद फि तथा कमिशन आम्दानी पनि १९.९१ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३९.८६ प्रतिशत बढेको छ।
बैंकको निष्क्रिय कर्जा ३.१८ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज २ करोड ८९ लाख पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा १२१.२२ प्रतिशत बढेको हुदा खुद नाफा पनि १ करोड ६४ लाखबाट बढेर ३ करोड ८६ लाख सम्म पुगेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ १८ पैसा बढेर ७ रुपैयाँ १८ पैसामा पुगेको छ।
असार मसान्तसम्म ३ करोड १२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको यस बिकाश बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७९ पैसा रहेको छ।
सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ २३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६८.३८ गुणा रहेको छ। ५३ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस विकास बैंकको जगेडा कोषमा ८ करोड ७५ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।





