बैंकिङ खबर/माछापुच्छ्रे बैंक लिमिटेडले कैलालीको नवदुर्गा माविलाई खानेपानी पूर्वाधार निर्माण गरिदिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलालीको नवदुर्गा माध्यमिक विद्यालयमा खानेपानीका लागि आवश्यक पूर्वाधार निर्माण गरी हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
१८ साउनमा आयोजित एक औपचारिक कार्यक्रमका बीच बैंकले निर्माण गरेको पूर्वाधार विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको बैंकको भनाइ छ। विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानीको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेको जानकारी पाएपछि खानेपानी पूर्वाधार निर्माण गरिएको बैंकले जनाएको छ ।