August 4th, 2024

ग्लोबल आइएमई बैंकका २२ स्थानमा रहेका शाखारहित बैंकिङ सेवा बन्द

बैंकिङ खबर/ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा सञ्चालन भइरहेका शाखारहित बैंकिङ्ग सेवा बन्द गरेको छ । बैंकले २२ वटा स्थानमा रहेका शाखारहित बैंकिङ्ग सेवाहरु सञ्चालक समितिको निर्णय अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर साउन १७ गतेदेखि बन्द गरेको जनाइएको हो ।

सो स्थानका ग्राहकहरुलाई नजिकैका शाखा कार्यालयहरुबाट बैंकिङ्ग सेवा लिन आग्रह गरेको छ ।