Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

टाटाको गाडी खरिदमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सहुलियत ब्याजमा फाइनान्स सुविधा दिने

२०८१ श्रावण २० गते

बैंकिङ खबर/ सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबीच विद्युतीय सवारी कर्जाका लागि सम्झौता भएको छ। सम्झौता अनुसार टाटाका विद्युतीय गाडी खरिद गर्दा ग्राहकहरूले हाल कायम बैंकको बेश रेटमा अतिरिक्त १ प्रतिशत गरि कुल ८.८२ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्नेछन्।

अब टाटा टियागो इभी, नेक्सन इभी, टिगोर इभी र नेपालमा बहुप्रतिक्षित टाटा पञ्च इभीमा ७ वर्षसम्मका लागि यो सुविधा प्राप्त गर्न सकिनेछ। सहज र झञ्झटरहित तरिकाले ३ कार्यदिन भित्रमा कारोबार रकमको ८० प्रतिशत सम्म फाइनान्सको सुविधा प्राप्त गर्न सकिनेछ। टाटाका विद्युतीय गाडीहरू नेपालमा सर्वाधिक बिक्री हुने गाडीहरुको अग्रपंक्तीमा रहेका छन्।