July 31st, 2024

सिटिजन्स् बैंक र सूर्य हस्पिटलबीच छुट दिने समझदारी

बैंकिङ खबर/ सिटिजन्स् बैंक इन्टरनेशनल र पर्साको वीरगञ्जस्थित सूर्य हस्पिटल बीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छूट दिने समझदारी भएको भएको छ ।

सो समझदारीपत्र अनुसार कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सूर्य हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छूट पाउने छन् । यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बताएको छ । डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरू वेबसाइटबाट प्राप्त गर्न सकिने पनि कम्पनीले बताएको छ ।

कम्पनीले देशैभरी ६० जिल्लामा फैलिएका १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तार काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।