July 30th, 2024

कुमारी बैंकको फोनपे सेवा अवरुद्ध हुने

बैंकिङ खबर/ कुमारी बैंकको फोनपे सेवा अवरुद्ध हुने भएको छ। बैंकको आज साउन १५ गते राती ११ः५५ बजेबाट भोलि साउन १६ गते बिहान ३ बजेसम्म फोनपे सेवा अवरुद्ध हुने भएको हाे।

फोनपे सर्भिस लिमिटेडको कोर फायरवाल स्थान्तरण गर्नुपर्ने भएकाले उक्त समयअवधिका लागि सबै सेवा आवरुद्ध हुने बैंकले जानकारी दिएकाे छ। सेवा अवरुद्ध हुँदा ग्राहकहरूलाई पर्ने असरप्रति बैंकले क्षमा मागेकाे छ।