Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंक र र्याडिसन होटलबीच सम्झौता, ग्राहकलाई होटलमा छुट

२०८१ श्रावण १५ गते


बैंकिङ खबर/ प्रभु बैंक र र्याडिसन होटल काठमाडौंबीच सम्झौता भएको छ । बैंकका कर्मचारी तथा ग्राहकहरुलाई लाजिम्पाट, काठमाडौं स्थित र्याडिसन होटल, काठमाडौंसँग होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएका हो ।

र्याडिसन होटल, काठमाडौं एक अन्तराष्ट्रिय होटल चेन अन्तर्गत विगत दुई दशक भन्दा बढि समय देखि नेपालको पर्यटकिय तथा अतिथि सत्कार सेवालाई निरन्तर रुपमा टेवा दिईरहेको एक अग्रणी पाँच तारे होटल हो ।

एक समारोहकाबीच सम्पन्न सम्झौतामा प्रभु बैंककका तर्फबाट चिफ मार्केटिङ अफिसर रबिन्द्र ढकाल र मार्केटिङ म्यानेजर सबिन राणा तथा र्याडिसन होटल, काठमाडौंका तर्फबाट निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आवद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरु मध्ये खाना, पेस्ट्री सपका साथै र्याडिसन होटल काठमाडौंले सञ्चालन गरेको विभिन्न रेस्टुरेन्टहरुबाट १० प्रतिशतदेखि २० प्रतिशतसम्म भुक्तानी छुट पाउनेछन् ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।