Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हिमालयन बैंकको बनेपा-२ शाखा पनौती बसपार्क सारियो

२०८१ श्रावण १३ गते

बैंकिङ खबर/ हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरूमध्ये बनेपा शाखा- २ लाई स्थानान्तरण गरिएको छ । उक्त शाखा साविक स्थानबाट करिब ६.२ किलोमिटर दक्षिणतर्फ पनौती-७ स्थित पनौती बसपार्कमा राखिएको हो ।

काभ्रेबाट आजदेखि नयाँ शाखाका रूपमा पनौती शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा सञ्चालनमा ल्याइएको प्रेस तथा जनसम्पर्क अधिकृत शीतल कोइरालाले जानकारी दिए ।

उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्के, उच्चपदस्थ कर्मचारी साथै अन्य अतिथिको उपिस्थतिमा गरेका हुन् ।

हिमालयन बैंकले हाल नेपालभर फैलिएका १७४ शाखा कार्यालयहरू, २० विस्तारित काउन्टर, २६४ एटीएम ६५ सयभन्दा बढी POS Terminals र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रबाट ग्राहकलाई सेवा दिँदै आइरहेको छ ।