बैंकिङ खबर/ बालाजु चोकस्थित माछापुच्छ्रे बैंक लिमिटेडको एटिएम फुटाउने प्रयास गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नम्बर-१ का स्थायीबासिन्दा र हाल काठमाडौं महानगरपालिका वडा नम्बर-१४ कलंकीमा बस्दै आएका १८ वर्षीय राधेश्याम बैठालाई प्रहरीले आइतबार फलामको रडसहित नियन्त्रणमा लिएको हो।
प्रहरीले पक्राउ गरेका बैठालाई थप अनुसन्धानका लागि बालाजु प्रहरी वृत्तमा राखिएकाे प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार आज आइतबार बिहान २:४४ बजे माछापुच्छ्रे बैंक लिमिटेडको एटिएम फुटाउँदै गरेको सूचनाको आधारमा प्रहरी टोली खटिई उक्त स्थानमा पुगेको थियो।
त्यस क्रममा राधेश्याम बैठालाई एटिएम फुटाउँदै गर्दा पक्राउ गरिएको हो। पक्राउ परेका बैठाविरुद्ध थप अनुसन्धान भइरहेको बालाजु प्रहरीले जनाएको छ।