July 28th, 2024

समृद्धि फाइनान्सको नारायणगढ शाखाबाट वृक्षारोपण

बैंकिङ खबर/समृद्धि फाइनान्सले संस्थाको नारायणगढ शाखाबाट वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर ०१, चितवनको प्रज्ञा स्मार्ट पार्कमा विभिन्न फुल तथा फलफुलका बोट लगाइ उक्त कार्यक्रम सम्पन्न गरिएको हो । गत हप्ताबाट शुरु भएको वृक्षारोपण कार्यक्रम साउन महिनाभित्र फाइनान्सका अन्य शाखाहरुबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरुमार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निःशूल्क प्रदान गरिरहेको छ ।