Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

जिएमई रेमिटलाई प्राप्ति गरेको आइएमई लिमिटेडको एकीकृत कारोबार साउन ३० देखि

२०८१ श्रावण १३ गते

बैंकिङ खबर/ आइएमई लिमिटेडले जिएमई रेमिट प्रालिलाई प्राप्ति गरेको छ । प्राप्तिपश्चात कायम ‘आइएमई लिमिटेड’ को नामबाट दुवै कम्पनीले एकीकृत कारोबार सुरु गर्ने भएका छन् । एकीकृत कारोबारको थालनी आगामी साउन ३० गतेबाट हुने भएको छ ।

आइएमई लिमिटेड र जिएमई रेमिटको गत जेठ ९ गते सम्पन्न बेग्ला/बेग्लै विशेष साधारण सभाले प्राप्तिको विशेष प्रस्ताव पारित गरेका थिए । दुवै कम्पनीको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले गत साउन २ गते र कम्पनीको रजिष्ट्रार कार्यालयले साउन ४ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।