Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा भागिरथी भट्टराई नियुक्त

२०८१ श्रावण १० गते

बैंकिङ खबर/ ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन्। बिहीबारको सञ्चालक समिति बैंकले उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर ज्ञवाली लामो समयदेखि अध्यापन र विभिन्न संघसंस्थामा संलग्न छिन्। अहिले पनि उनी ब्रुकलाइन कलेजमा अर्थशास्त्र विषयमा प्राध्यापन पेसामा कार्यरत छिन्।

ज्ञवालीले यसअघि वज्र कलेज, काठमाडौंमा प्राध्यापन गरेकी थिइन्। उनीसँग विद्युत नियमन आयोग, खानेपानी महसुल निर्धारण आयोगको सदस्य र सेसन सहकारी संस्थाको अध्यक्षको कार्यानुभव छ।