July 25th, 2024

राष्ट्रिय वाणिज्य बैंकको उपकार्यकारी अधिकृतमा राम कुमार थापाको बढुवा

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको निर्णय अनुसार मुख्य प्रबन्धक राम कुमार थापालाई बैंकको रिक्त रहेको तह ११ को उप कार्यकारी अधिकृत पदमा बढुवा गरिएको छ ।

२०५४ सालमा शाखा अधिकृत(तह ७) को रुपमा तत्कालिन एनआइडिसी डेभलपमेन्ट बैंक(हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको)मा सेवा प्रवेश गरेका थापाले व्यवस्थापन विषयमा एमफिल उत्तीर्ण गरेका छन् ।