July 18th, 2024

ग्लोबल आइएमई बैंक मिस युनिभर्स नेपालको आधिकारिक बैंकिङ पार्टनर

बैंकिङ खबर/ग्लोबल आइएमई बैंक मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ पार्टनर बनेको छ । यस वर्षको मिस युनिभर्स नेपाल २०२४ आवेदन छनोट प्रक्रिया सुरु भइसकेको छ भने ग्रान्ड फिनाले भदौ दोस्रो सातातिर हुने कार्यतालिका छ ।

अडिसनमा नेपाली र एनआरएनसमेत सहभागी रहेको आयोजक ग्लोबल ग्लामर भेन्चरले बताएको छ । यस वर्ष ट्रान्सजेन्डर, विवाहित, गैरआवासीय महिला र डाक्टर, इन्जिनियर, पाइलटलगायत विभिन्न पृष्ठभूमिका महिलाको उत्साहजनक र समावेशी सहभागिता भएको आयोजकको भनाइ छ ।

नेपालमा २०२० देखि सुरु भएको मिस युनिभर्स प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो । प्रारम्भिक चरणको आवेदन छनोट प्रक्रियामा ६० जनालाई फिजिकल अडिसनको लागि सर्टलिस्ट गरिएको र त्यसबाट ३५ जनालाई प्रशिक्षण दिइनेछ ।