July 18th, 2024

एनसेल वायर फ्री प्लस सेवामा छुट, अल्टिमा ग्याजेट निःशुल्क

बैंकिङ खबर/ मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले हाल सञ्चालनमा रहेको ‘सधैं अन’ योजनामा आधारित वायर फ्री प्लस सेवामा आकर्षक अफर ल्याएको छ । अब उपभोक्ताले भारी छुटमा बन्डल सेवाका साथै निःशुल्क अल्टिमाको एयरबड र स्मार्टवाच पाउन सक्ने एनसेलले जनाएको छ ।

वायर फ्री प्लस नवीन प्रविधिमा आधारित वायरलेस इन्टरनेट हो र यसमार्फत ग्राहकले बिनाझन्झट अनलिमिटेड इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको फाइदा लिन सक्छन् । विशेषगरी घरेलु प्रयोजनका लागि उपयुक्त हुने यो सेवा ग्राहकले दराज, ईसेवा, खल्ती, आइएमई पेको प्लेटफर्ममार्फत लिन सक्छन् ।

यसैगरी अफरमा सहकार्य गरेको अल्टिमा ब्रान्डको वेबसाइटबाट पनि ग्राहकले सेवाका लागि सदस्यता लिन सक्ने एनसेलले बताएको छ । अफरअन्तर्गत ग्राहकले वायर फ्री सेवाका लागि अर्धवार्षिक सदस्यता लिँदा ३५ प्रतिशत ९२,०९५० र वार्षिक सदस्यतामा ४२ प्रतिशत (४,९८९ रुपैयाँ) छुट पाउँछन् ।

६ महिनाका लागि सेवा लिँदा ग्राहकले ३,४९९ पर्ने अल्टिमाको एयरबड निःशुल्क पाउँछन् भने एक वर्षको सेवा खरिदमा ५,९९९ मूल्य पर्ने अल्टिमाको स्मार्ट वाच निःशुल्क पाइन्छ । सेवाका लागि अर्धवार्षिक सदस्यताको शुल्क करसहित ३,८९९ तोकिएको छ भने वार्षिक सदस्यताको शुल्क ६,९९९ रुपैयाँ छ ।

यी दुवै प्लान लिँदा ग्राहकले एनसेलको फोरजी राउटर पनि शुल्क पाउँछन् । योजनामा ग्राहकले २ वटा सिमकार्ड पाउँछन् । ग्राहकले मुख्य एक सिममा प्रत्येक महिना २५० जीबी डेटा पाउँछन् र यो डेटा भोल्युम सकिए ५१२ एमबीपीएस गतिमा अनलिमिटेड इन्टरनेट सेवा महिनाभरि लिन सकिन्छ । दोस्रो सिममा ग्राहकले प्रत्येक महिना १०० मिनेट टक टाइम र ५ जीबी पाउँछन् ।

सधैं अन योजनाअन्तर्गत सुलभ दरमा पाइने यो वायरलेस इन्टरनेट सेवाले धेरैभन्दा धेरै मानिसलाई इन्टरनेटको पहुँचमा ल्याउने र ग्राहकलाई थप सहज हुने विश्वास एनसेलको छ ।