Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

होटल व्यवसायी अम्बिका श्रेष्ठको निधन

२०८१ श्रावण ३ गते

बैंकिङ खबर/होटल व्यवसायी अम्बिका श्रेष्ठको ९१ वर्षको उमेरमा निधन भएको छ। दार्जिलिङमा जन्मिएकी श्रेष्ठले नेपालको प्रसिद्ध द्वारिका होटलको स्थापना गरेकी थिइन्। द्वारिका होटेल नेपालकै आर्किटेक्टहरूबाट बनाइएको एउटा कलात्मक शैलीको सम्पदाको रुपमा परिचित छ।

अम्बिका द्वारिकालाल श्रेष्ठसँग विवाह गरेपछि नेपाल पसेकी हुन्। पछिल्लो समय उनी क्यान्सर बाट पीडित थिइन्। स्पेनका लागि नेपालको अनरेरी कन्सुलेट जेनेरल समेतको भूमिका निर्वाह गरेकी अम्बिकाले सम्पदा संरक्षणको अभियानमा महत्त्वपूर्ण योगदान पुर्‍याएकी छन्। उनी हेरिटेज कन्जरभेसनको अध्यक्ष समेत रहेकी थिइन्।