Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनसीएचएलले सञ्चालन गर्ने सेवामा भ्याट लाग्ने

२०८१ श्रावण २ गते

बैंकिङ खबर/ नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले सञ्चालन गर्ने सेवाहरूको कारोबार शुल्कमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएको छ । मंगलवार एक सूचना जारी गर्दै एनसीएचएलले आफ्ना सेवाको कारोबार शुल्कमा भ्याट लाग्ने जानकारी दिएको हो ।

सरकारले आर्थिक ऐन, २०८१ मा एनसीआईटीले प्रदान गर्दै आएको समासोधन गृह (क्लियरिङ) सेवालाई मूल्य अभिवृद्धि कर छुट सूचीबाट हटाएकाले आफूले सम्पूर्ण सेवाहरूमा मूल्य अभिवृद्धि कर लिने एनसीआईटीले उल्लेख गरेको छ । त्यस्तै यस व्यवस्था सम्बन्धी थप जानकारी लिन सम्बन्धित बैंक वित्तीय संस्थाहरूमा सम्पर्क गर्न एनसीएचएलले जनाएको छ ।