July 16th, 2024

सिटिजन्स बैंकले ल्यायो घर कर्जा योजना, ८.९९% ब्याजदर ७ वर्षसम्म स्थिर

बैंकिङ खबर/ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषका साथ घर कर्जा योजना सार्वजनिक गरेको छ ।

नयाँ आर्थिक वर्ष २०८१–८२ को शुरुवातसंगै ७ वर्षको लागि स्थिर रहने गरी ८.९९ प्रतिशत प्रतिबर्ष घर कर्जा योजना आज सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत कायम रहेको व्याजदर ७ बर्षसम्म स्थिर रहने छ । ७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १५ प्रिमियम दर थप गरि ब्याजदर कायम गरिने कुरा बैंकका प्रमुख कर्जा अधिकृत सुमन मुलेपतिले जानकारी गराए ।

यस आकर्षक योजनामा सहभागी हुनको लागी नजिकको आफ्नो पायक पर्ने सिटिजन्स बैंकको कुनैपनी शाखा कार्यालयमा पुगेर सुविधा उपभोग गर्न सक्ने छन् । यस घर कर्जा सुविधा उपभोग गर्नुहुने ग्राहकहरुलाई निःशुल्क क्रेडिट कार्ड, डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको छ ।

बैंकले सुशासन र प्रुडेन्ट बैंकिङमा विशेष महत्त्व दिदै आएको छ बैंकले कर्मचारीको वृद्धि विकासको लागि सात वटै प्रदेशमा रहेको बैंकको आफ्नै भवनमा लर्निङ्ग सेन्टर आरम्भ गरेर काम गरिरहेको छ ।

 

बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६० वटा एटिएम, ३ विस्तार काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।