July 14th, 2024

माछापुच्छ्रे बैंकको डेपुटी सीइओ र महाप्रबन्धकमा अर्याल र जमरकटेलको बढुवा

बैंकिङ खबर/माछापुच्छ्रे बैंकको डेपुटी सीइओ र महाप्रबन्धकमा दुई कर्मचारी बढुवा भएका छन् । कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा बढुवा गर्दै प्रसिद्धराज अर्याल र नायब प्रमुख कार्यकारी अधिकृतमा सुभाष जमरकटेल नियुक्त गरेको हो ।

कम्पनीको सञ्चालक समिति बैंठकले आगामी १ साउनदेखि लागू हुने गरी अर्याललाई डेपुटी सीइओ र जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन शंकायमा स्नातकोतर गरेका अर्यालसँग कर्जा, ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन क्षेत्रमा १६ वर्षभन्दा बढीको कार्य अनुभव छ । उनले यसअघि तत्कालीन सिभिल बैंक, सनराइज र नेपाल इन्भेस्टमेन्ट बैंकमा विभिन्न पदमा रहेर काम गरेको अनुभव छ ।

त्यस्तै जमरकटेल सन् २०११ देखि माछापुच्छ्रे बैंकमा आवद्ध छन् । उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रुपमा चिनिएका उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी र त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानूनमा स्नातक तहको डिग्री प्राप्त गरेका छन् ।