बैंकिङ खबर/ भारतीय नागरिक जस्तै चीन, बंगलादेश, श्रीलंकालगायत देशका नागरिकले पनि नेपाल आउँदा नगद बोक्नु नपर्ने र उनीहरुले ’क्यूआर कोड’ भुक्तानी गर्न सक्ने व्यवस्था हुन लागेको छ ।
नेपाल राष्ट्र बैंकले चीनको अलिपे, श्रीलंकाको लंकापे लगायतसँग अन्तरदेशीय कारोबारका लागि द्विदेशीय सम्झौता गर्ने तयारी गरेको र त्यसका लागि नेपाली कम्पनीहरुलाई अनुमति दिइसकेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘ती देशहरुसँग अन्तरदेशीय भुक्तानी कारोबारका लागि सेवा प्रदायकसँग सम्झौता गर्ने तयारी अन्तिम चरणमा रहेको र निकट भविष्यमै सम्झौता हुन्छ । यो सम्झौता पनि विद्युतीय भुक्तानीमा नेपालले ठूलो फड्को मार्ने छ ।’
हाल भारतसँग अन्तरदेशिय विद्युतीय भुक्तानी सम्बन्धमा सम्झौतासँग कारोबार पनि सुरु भएको छ । अब भारतसँगको जस्तै सम्झौता अरु राष्ट्रहरुसँग पनि हुन लागेको उनले जानकारी दिए ।