Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

विद्युतीय भुक्तानीमा नेपालले फड्को मार्दै

२०८१ असार २६ गते


बैंकिङ खबर/ भारतीय नागरिक जस्तै चीन, बंगलादेश, श्रीलंकालगायत देशका नागरिकले पनि नेपाल आउँदा नगद बोक्नु नपर्ने र उनीहरुले ’क्यूआर कोड’ भुक्तानी गर्न सक्ने व्यवस्था हुन लागेको छ ।

नेपाल राष्ट्र बैंकले चीनको अलिपे, श्रीलंकाको लंकापे लगायतसँग अन्तरदेशीय कारोबारका लागि द्विदेशीय सम्झौता गर्ने तयारी गरेको र त्यसका लागि नेपाली कम्पनीहरुलाई अनुमति दिइसकेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘ती देशहरुसँग अन्तरदेशीय भुक्तानी कारोबारका लागि सेवा प्रदायकसँग सम्झौता गर्ने तयारी अन्तिम चरणमा रहेको र निकट भविष्यमै सम्झौता हुन्छ । यो सम्झौता पनि विद्युतीय भुक्तानीमा नेपालले ठूलो फड्को मार्ने छ ।’

हाल भारतसँग अन्तरदेशिय विद्युतीय भुक्तानी सम्बन्धमा सम्झौतासँग कारोबार पनि सुरु भएको छ । अब भारतसँगको जस्तै सम्झौता अरु राष्ट्रहरुसँग पनि हुन लागेको उनले जानकारी दिए ।