बैंकिङ खबर/ सिटिजन्स बैंक कालिकानगर र मर्सी सिटी हस्पिटल बुटवलबीच अस्पतालमा रहेका विभिन्न सेवामा विशेष छुट सम्बन्धी सम्झौता भएको छ । बैंकको तर्फबाट शाखा प्रबन्धक हरि खनाल, डिपोजिट रिलेसन अफिसर रबि काफ्ले र हस्पिटलको तर्फबाट अध्यक्ष जनक कोइराला प्रबन्धक निर्देशक गोपाल श्रेष्ठ र रामचन्द्र नेपालले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
अस्पतालमा सिटिजन्स बैंकका ग्राहकले ल्याब, अपरेसन, औसधि लगायतका विभिन्न क्षेत्रमा १५ % सम्म छुट प्राप्त गर्नेछन् । बैंकले आगामी दिनमा अन्य क्षेत्रमा समेत छुट सम्बन्धी योजना ल्याउने डिआरओ रबि काफ्लेले जानकारी दिए ।