Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसुर मुद्दा : फरार प्रतिवादी पक्राउ

२०८१ असार १४ गते

बैंकिङ खबर/ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका-९ बस्ने ३१ वर्षीय इकेश तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाको २०८१ वैशाख २३ गतेको फैसलाले उक्त मुद्दामा १ महिना कैद सजाय, ६ लाख रूपैयाँ जरिवाना तथा पिडित राहत कोषमा २४ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क जम्मा गर्नु पर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत चन्द्रगढी झापामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार झापा पठाइएको छ ।