
बैंकिङ खबर/ बैकिङ कसुरका मुद्दाका फरार प्रतिवादी पर्सा वीरगंज महानगरपालिका-१२ घर भई काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने ३६ वर्षीय अनिल कुमार गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त कसुरमा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बल्खुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।