Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

समृद्धि फाइनान्सका ग्राहकहरुलाई क्यापिटल हस्पिटलमा भारी छुट

२०८१ असार १३ गते

बैंकिङ खबर/समृद्धि फाइनान्स कम्पनी लिमिटेडले क्यापिटल हस्पिटल प्रा.लि. बागबजार, काठमाडौंसँग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पुर्ण शेयर सदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले मिति २०८१/०३/१२ देखि २०८३/०३/११ गतेसम्म समृद्धि मोबाइल बैंकिङ र डेविड कार्ड प्रयोग गरि क्यापिटल हस्पिटल प्रा.लि बागबजार, काठमाडौंमा.स्वस्थ्य उपचार सेवाको उपभोग गरि भुक्तानी गर्दा १०% देखि २०% छुट पाउने छन् ।

यो सुविधाबाट फाइनान्सका सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समझदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत शुभाष श्रेष्ठ र क्यापिटल हस्पिटल प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक प्रो.डा अशोक रत्न बज्राचार्यले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरुमार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।