नेपाल राष्ट्र बैंकले पुनः ५० करोड रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेको तरलता (लगानीयोग्य पुँजी) प्रशोचन गर्नका लागि बुधबार उक्त रिभर्स रिपो जारी गर्न लागेको हो ।
बैंकिङ प्रणालीमा तरलता कम हुँदै गएपछि केही समययता राष्ट्र बैंकले छोटो अवधि र थोरै रकमको रिभर्स रिपो जारी गर्दै आएको छ भने समयसमयमा रिपो जारी गरेर बैंकिङ प्रणालीमा तरलता पनि पठाइरहेको छ ।
राष्ट्र बैंकले यसपटक जारी गर्न लागेको रिभर्स रिपो सात दिने अवधिको हो । जसअनुसार, उक्त रिभर्स रिपो आगामी मंसिर १५ गते परिपक्व हुनेछ ।
यस रिभर्स रिपो खरिदमा क, ख र ग वर्गका बैंकहहरुले भाग लिन पाउनेछन् । रिभर्स रिपो अनलाइन बोलकबोलका आधारमा विक्रि गरिनेछ ।

