Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकले भाका नाघेका ऋणीलाई ब्याज रकममा ३५ प्रतिशतसम्म छुट दिने

admin २०८१ असार १० गते
सेयर:

बैंकिङ खबर/एनआईसी एशिया बैंकले भाका नाघेका कर्जा ग्राहकहरुलाई ब्याजमा १५ देखि ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी योजना सार्वजनिक गरेको छ ।

देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सहयोग पुगोस भन्ने उद्देश्यसहित यो योजना ल्याएको उसको भनाइ छ । योजनाअनुसार २०८० चैत्र मसान्तसम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम यहीँ महिनाको मसान्तसम्ममा चुक्ता भुक्तान गरे बैंकले जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट दिनेछ ।

यस्तै साधारण वक्यौता ब्याज रकममा समेत बैंकले विशेष छुट दिने योजना सार्वजनिक गरेको छ । भाका नाघेका ऋणीलाई ९१ दिनदेखि १८० दिनसम्म साधारण ब्याज रकममा १५ प्रतिशत, १८१ देखि ३६५ दिनसम्म २५ प्रतिशत र ३६५ दिनभन्दा बढी भाका नाघेका ऋणीलाई ३५ प्रतिशतसम्म छुट दिने तयारी बैंकको छ ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा पर्ने ग्राहकका लागि यो योजना फलदायी हुने बैंकको विश्वास छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।