बैंकिङ खबर/सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कालिकानगर शाखाले महिला तथा गृहिणीहरुलाई वित्तीय साक्षरता सम्बन्धी सचेतानामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
आइतबार बुटवल उपमहानगरपालिका–६ स्थित श्री जयन टेक्निकल कलेज अफ टेक्नोलोजीमा क्षमताको विकास गर्नको निमित्त सञ्चालन सिपमुलक तालिममा आवद्घ भएका महिला तथा गृहिणी हरुलाई वित्तिय साक्षरता सम्बन्धी सचेतनामुलक ज्ञान दिएको हो । बैंकको तर्फबाट कालिकानगर शाखा प्रबन्धक हरि खनाल, कर्मचारी रवि काफ्ले र कृती पाण्डेले उक्त कार्यक्रमको सहजीकरण गरेका थिए ।
वित्तीय साक्षरता सम्बन्धी उक्त कार्यक्रमले महिला तथा गृहिणीहरुलाई वित्तीय ज्ञानको लागि धेरै ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ । साथै उक्त कलेजका सञ्चालक नरमती थापा श्रेष्ठले उक्त कार्यक्रम आयोजना गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरेकी छन् ।
उक्त कार्यक्रममा वित्तीय साक्षरता जस्तै बचत, विप्रेषण, कर्जा, डिजिटल कारोबार सम्बन्धी महत्वका विषयमा छलफल गरिएको थियो । उक्त कार्यक्रममा ५० देखि ५५ जना महिला तथा गृहणी सहभागी भएका थिए ।




