Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आदर मल्टी इन्भेस्टमेन्ट कम्पनीले ५३ लाख कित्तामाथिको आइपीओ जारी गर्दै

२०८१ असार ५ गते

बैंकिङ खबर/ आदर मल्टी इन्भेस्टमेन्ट कम्पनीले साधारण ५३ लाख ५७ हजार कित्ता सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। आइपीओ निष्काशनका लागि कम्पनीले धितोपत्र बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो।

आदर मल्टी इन्भेस्टमेन्ट कम्पनीको तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

कम्पनीको जारी पुँजी १ अर्ब ७८ करोड ५८ लाख रुपैयाँको ३० प्रतिशतले हुन आउने ५३ करोड ५७ लाख ४० हजार सेयर पुँजी बराबरको ५३ लाख ५७ हजार ४०० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो।