बैंकिङ खबर/नेपाल बैंकबाट कर्जा उपभोग गरी वि.सं.२०७५ साल चैत्र मसान्त अगाडि खराव वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ रु. ५० लाख सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएको छ ।
बैंकले सूचना जारी गर्दै सम्बन्धित कर्जा ग्राहकहरुले ब्याज छुटको सुविधा लिनुभइ कर्जा चुक्ता गर्नुहुन सूचित गरेको छ । साथै २०७६ साल बैशाखदेखि हालसम्मका कर्जा ग्राहकहरुले कर्जाको बुझाउनुपर्ने सम्पूर्ण सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा पेनाल ब्याज र ब्याजको ब्याजमा सम्पूर्ण छुट दिई साधारण ब्याज रकममा समेत ५ प्रतिशत छुट दिने विशेष व्यवस्था गरिएकोले बैंकको शाखा कार्यालयहरुमा सम्र्पक गरी ब्याज छुट सुबिधाको लाभ लिनुहुन सूचित गरेको छ । यो व्याज छुट योजना वि.सं. २०८१ आषाढ मसान्तसम्म मात्र लागु हुनेछ । शर्त तथा बन्देजहरु लागु हुने बैंकले जनाएको छ ।




