June 10th, 2024

बैंकको ऋण प्रवाहमा अनियमितताः थप एक जना पक्राउ

प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/ बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अभिषेक बज्राचार्यलाई पक्राउ गरेको हो। सुनसरीको धरानबाट बज्राचार्यलाई पक्राउ गरिएकाे हाे ।

आज नै तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ परेका थिए। श्रेष्ठसँगै बैंकको सञ्चालक समितिका सदस्यहरु सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र क्याड शाखाका प्रमुख शिवगोपाल रिसाल पक्राउ परेका हुन् ।

यसअघि, सो प्रकरणमा प्रहरीले बैंकका पूर्वसीईओ तुलसीराम गौतम र पूर्वसीईओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरिसकेको छ।