बैंकिङ खबर/बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी झापाबाट पक्राउ परेका छन्। कन्काई नगरपालिका–५ घर भएका ४० वर्षीय बिष्णु कुमार (पाचकोटी) दर्जीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
जिल्ला अदालत झापाको २०८० चैत १४ गतेको फैसलाले उक्त मुद्दामा १ महिना कैद, १६ लाख रूपैयाँ जरिवाना र पीडित राहत कोषमा ६४ हजार रूपैयाँ क्षतिपूर्ती जम्मा गर्नुपर्ने सजाय ठहर गरेको थियो। त्यसपछि उनी फरार थिए।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ।




