June 7th, 2024

प्रभु ग्रुपका अध्यक्ष भट्टचनलाई मातृशोक

बैंकिङ खबर/ प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई मातृशोक परेको छ । प्रभु ग्रुपका संस्थापक भट्टचनकी आमा यमकुमारीको बिहीबार राति निधन भएको हो ।

८६ वर्षीया यमकुमारीको शुक्रबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ। यमकुमारीका दुई छोरा र दुई छोरी छन्।