June 4th, 2024

प्रभु बैंक लिमिटेड र Swisscontact / (NAMDP Phase II) बीच सम्झौता


बैंकिङ खबर/ प्रभु बैंक लिमिटेड र Swisscontact / Nepal Agricultural Market Development Programme (NAMDP) Phase II बीच सम्झौता भएको छ ।

कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी Swisscontact Nepal को सहकार्यमा सञ्चालन गरिने “Growing together : A Sustainable Agriculture initiative for Koshi Province” नामक परियोजनाका लागि सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा Swisscontact Nepal/ Nepal Agricultural Market Development Programme (NAMDP) Phase II  का तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै विक्तिय साक्षरता÷व्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराइनेछ ।