June 2nd, 2024

लक्ष्मी सनराइज बैंकले गर्‍यो नेपालगञ्जमा सेवा विस्तार

बैंकिङ खबर/ लक्ष्मी सनराइज बैंकले नेपालगञ्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । नेपालगन्ज उपमहानगरपालिकामा नजिकै रहेका दुई वटा शाखाहरूमध्ये वडा नं २, कार्कांदो चोकको शाखा सोही वडाको न्यूरोडमा स्थानान्तरण गरिएको छ ।

स्थानान्तरण गरिएको शाखाका साविकका ग्राहकहरुले सोही उपमहानगरपालिकाको वडा नं १८ स्थित पुष्पलाल चोकमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने कम्पनीले बताएको छ ।

शाखा कार्यालय स्थानान्तरण भएसँगै कम्पनीले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास लिएको कम्पनीको भनाइ छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैंकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।

साथै, कम्पनीले आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाको वडा नं ५ र ८ मा रहेका दुई वटा शाखा गाभेर सोही नगरपालिकाको वडा नं ७, नारायणस्थानबाट संयुक्त कारोबार शुरु गरेको छ ।

हाल कम्पनीको सञ्जालमा ५९ जिल्लामा २५ ४ शाखा, ३१८ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ्ग एजेन्ट छन् ।