Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंक मान्म शाखाद्वारा विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

admin २०८१ जेष्ठ १८ गते
सेयर:

बैंकिङ खबर/सानिमा बैंक लिमिटेड, शाखा कार्यालय मान्मले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कर्णाली प्रदेशको, कालिकोटस्थित श्री जनज्योति माध्यामिक विद्यालय, खाँडाचक्र न.पा–३,मा कार्यक्रम सम्पन्न गरेको हो ।

सानिमा बैंक, मान्म शाखा टिम र कार्यालय प्रमुख को संयोजकत्वमा मिति २०८१/०२/१८ गते शुक्रबार, सम्पन्न उक्त कार्यक्रममा सानिमा बैंक, मान्म शाखाका प्रमुख मछिन्द्र कुमार भण्डारीद्वारा सहभागी विद्यार्थीहरुमाझ बैंकिङ्ग तथा सुरक्षित वित्तिय कारोबार सम्बन्धी वित्तीय साक्षरताको आधारभूत शिक्षा प्रदान गरिएको हो । विद्यालयका तर्फबाट प्रधानाध्यापक तेज बहादुर शाहीको विशेष उपस्थिति तथा आवश्यक सहयोग रहेको सो कार्यक्रममा सहभागीको रुपमा कक्षा ८, ९ र १० का विद्यार्थीहरुको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरुको जिज्ञासासहितको अन्तरक्रिया उत्साहजनक रहेको विद्यालयका प्रधानाध्यापक तेज बहादुर शाहीले बताए ।

बैंकिङ क्षेत्रको योगदान, स्रोतसाधनको पहिचान तथा सदुपयोग, बैंक खाता सञ्चालन, वित्तीय जोखिम न्यूनीकरणका उपायहरु, सफा नोटको नीति तथा उचित जतन, विद्युतीय बैंकिङ कारोवारको महत्व तथा आवश्यकता जस्ता वित्तीय साक्षरताका आधारभूत विषयहरु उक्त कार्यक्रमहरुमा प्रस्तुत गरिएको थियो ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।