May 30th, 2024

ग्लोबल आइएमई बैंकका कर्मचारी सवार बस दुर्घटना, २६ जना घाइते

बैंकिङ खबर/ग्लोबल आइएमई बैंकका कर्मचारी बस दुर्घटनामा परेको छ । कन्फेरेन्स सकेर काठमाडौं फर्किंदै गरेको बस सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ बारामा दुर्घटनामा परेको हो । दुर्घटनामा घाइतेहरुलाई स्थानीय अस्पताल खुर्कोटमा पठाइएको छ भने एकको अवस्था गम्भीर भएपछि काठमाडौं रिफर गरिएको छ ।

महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ आउँदै गरेको वागमती प्रदेश ०१०–०१–१७३२ पर्यटक बस बिहीबार दुर्घटना भएको हो ।