May 19th, 2024

कामना सेवा विकास बैंक र एफ१ सफ्ट इन्टरनेशनलबीच सम्झौता

बैंकिङ खबर/कामना सेवा विकास बैंक र एफ१ सफ्ट इन्टरनेशनलले बैंकका ग्राहकहरुलाई लक्षित गरी विभिन्न योजना सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सो सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकको मोबाईल बैंकिङमा चभनष्कतभच गरी कुनै पनि रकमको टप-अप गर्ने मध्ये भाग्यशाली ५० जना ग्राहकहरुले ५० को टप-अप जित्न सक्नुहुनेछ । यो अफर नयाँ ग्राहकहरुलाई मात्र मान्य हुनेछ ।

त्यसैगरी, ग्राहकहरुले न्यूनतम रु १०० को टप-अपमा वा कुनै पनि डाटा प्याक खरिद गर्दा २ जना भाग्यशाली विजेताले लक्की-ड्र मार्फत भबचदगमक जित्न सक्नुहुनेछ । यो अफर नयाँ तथा पुराना ग्राहकहरु दुवैलाई मान्य हुनेछ ।

यसै गरी, कारोवार गर्ने ग्राहकहरु मध्ये एकजना लक्की विजेताले बम्पर पुरस्कार स्मार्टफोन जित्न सक्नुहुनेछ । यो योजना जेठ मसान्त-भर लागु हुनेछ ।

बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथ मार्फत् अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ।