May 13th, 2024

५६ बैंक खातामा २ अर्बभन्दा बढीको कारोबार, १ जना पक्राउ

बैंकिङ खबर/अनलाइन सट्टेबाजीमार्फत रकम संकलन गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेका मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढु‌गानालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले अनलाइन सट्टेबाजी एक्सबेट, जुवा ३६५, क्रिप्टोलगायतमार्फत रकम संकलन गर्दै आएका थिए।

प्रहरीका अनुसार उनले विभिन्न व्यक्तिहरुका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस र १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको पाइएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।