Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

चेक अनादर मुद्धा: फरार अभियुक्त पक्राउ

२०८१ बैशाख ३० गते

बैंकिङ खबर/चेक अनादर मुद्धाका फरार अभियुक्त भिमदत्त नगरपालिका-६ ऐठपुर बस्ने जनक राज जोशीलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतको २०७९ चैत ९ गतेको फैसलाले चेक अनादर मुद्धामा २ वर्ष कैद र २ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि कञ्चनपुर जिल्ला अदालतमा पेश गरिएकोमा तोकिएको कैद सजाय भुक्तानको लागि कारागार चलान गरिएको छ ।