Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सांग्रिला बैंकका ग्राहक तथा कर्मचारीलाई सिमराको होटल श्रेष्ठ रेसिडेन्सीले १५ प्रतिशत छुट दिने

admin २०८१ बैशाख २८ गते
सेयर:

बैंकिङ खबर/सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा ग्राहकलाई जितपुरमरामा रहेको एक होटलले आफ्नो सेवामा १५% छुट दिने भएको छ । देशभरिका जुनसुकै शाखाका कर्मचारी तथा ग्राहकले आजबाट लागु हुने गरी जितपुरसिमरा–२,बारा मा रहेको होटेल श्रेष्ठ रेसिडेन्सी प्रा.लि. ले आफ्नो सेवा लिए बापत १५% छुट तथा अन्य सेवाहरुमा समेत विशेष छुट प्रदान गर्ने भएको हो ।

बैंकको कर्मचारी तथा होटल संचालकबीच एक औपचारिक कार्यक्रम आयोजना गरि बैंकको तर्फ बाट प्रमुख कर्जा अधिकृत रजित मास्के, केन्द्रीय कर्जा असुलि विभाग प्रमुख उदेश भटराई, जितपुर शाखा प्रबन्धक सबिर अलि र बालुवाटार शाखा प्रबन्धक सुलोभ जोशी को उपस्थितिमा क्षेत्रीय प्रमुख रुपक मैनाली र होटल संचालक शम्भु श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेको जितपुर शाखाका प्रबन्धक सबिर अलीले जानकारी दिए ।

यस डेभलपमेन्ट बैंकले देश भरी ११२ वटा शाखा, ३० वोटा ए.टि.एम टर्मिनल, आकर्षक व्याजदर, सरल कर्जा प्रकृया सहित विभिन्न आधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको प्रमुख कर्जा अधिकृत रजित मास्केले जानकारी दिए।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।