Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

दुई बैंकमा तोडफोड, चार व्यक्तिहरू नियन्त्रणमा

२०८१ बैशाख २७ गते
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/ एभरेष्ट बैंक र ज्योति विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड भएको छ । ऋणीलाई टर्चर दिएको भन्दै दुईवटा बैंकमा तोडफोड भएको हो । प्रहरीले तोडफोडमा संलग्न दुर्गा प्रसाईँ निकट मानिएका चार व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न भएको आरोपमा बुद्धशान्तिका अन्जेस राई (बुलेट किराँती), बिर्तामोड–३ सैनिकमोडका मनिकुमार तामाङसहित चार जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । पक्राउ पर्ने अन्य दुई जनाको नाम सार्वजनिक भएको छैन ।