May 9th, 2024

दुई बैंकमा तोडफोड, चार व्यक्तिहरू नियन्त्रणमा

प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/ एभरेष्ट बैंक र ज्योति विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड भएको छ । ऋणीलाई टर्चर दिएको भन्दै दुईवटा बैंकमा तोडफोड भएको हो । प्रहरीले तोडफोडमा संलग्न दुर्गा प्रसाईँ निकट मानिएका चार व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न भएको आरोपमा बुद्धशान्तिका अन्जेस राई (बुलेट किराँती), बिर्तामोड–३ सैनिकमोडका मनिकुमार तामाङसहित चार जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । पक्राउ पर्ने अन्य दुई जनाको नाम सार्वजनिक भएको छैन ।