बैंकिङ खबर/ सानिमा बैंक मान्म शाखाले मान्म कालिकोटमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । होटल चन्द्र सूर्यमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ कालिकोटका पदाधिकारी, मान्मस्थित उद्योगी व्यवसायी तथा यस क्षेत्रमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
सम्भवत् जिल्लामा पहिलो पटक उद्योगी, व्यवसायीहरुलाई लक्षित यस कार्यक्रममा, बैंकको तर्फबाट अत्याधुनिक बैंकिङ अन्तर्गत डिजिटल बंैकिङ र यसको आवश्यकता साथै वित्तीय अपराधका साथै यसबाट बच्ने उपायहरुको सन्दर्भमा जानकारी गराइएको थियो ।
आजको युगमा डिजिटल बैंकिङ्ग सेवाको अपरिहार्यताको सन्दर्भमा प्रकाश पार्दै डिजिटल बैंकिङ्ग आधुनिक बैंकिङ्गको मेरुदण्डको रुपमा रहेको शाखाका प्रबन्धक मछिन्द्र कुमार भण्डारीले बताए ।
कार्यक्रममा सानिमा बैंक मान्म शाखाद्वारा उद्योग वाणिज्य संघ कालिकोटका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिइ सम्मान गरिएको थियो ।
साथै सोहि कार्यक्रमलाई सम्बोधन गर्दै, उद्योग वाणिज्य संघ कालिकोटका अध्यक्ष रतन बहादुर शाहीले यस किसिमको वित्तीय साक्षरता कार्यक्रमले हामी सबैलाई वित्तीय जनचेतना जगाउनुका साथै, वित्तीय जाखिमबाट बच्ने उयायहरुको सन्दर्भमा यस्ता कार्यक्रमहरु अत्यन्तै लाभदायी हुने बताउँदै आगामी दिनहरुमा पनि यस किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताए ।




