May 3rd, 2024

एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राखिने

बैंकिङ खबर/सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्,‘सय रुपैयाँको डिजाइन परिवर्तन गर्ने निर्णय भएको छ । स्वीकृत दिएको छ । पुरानो नक्सामा चुच्चे नक्सा प्रयोगमा ल्याउने छ ।’