April 30th, 2024

पकडी कपिलवस्तुमा एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

बैंकिङ खबर/ एभरेष्ट बैंक लिमिटेडले पकडी कपिलवस्तुमा एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ । बैंकले कपिलवस्तुमा तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको हो ।

काउन्टरको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य मधुसुदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लव प्रसाद कुइकेलले संयुक्त रुपमा गरेका हुन् । उक्त उद्घाटन समारोहमा मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमान सोही गाउँपालिका वडा नं. १ का अध्यक्ष मुहम्मद इसहाक मुसलमान, मायादेवी गाउँपालिका बजार व्यवस्थापन समितिका अध्यक्ष प्रमात्मा बाँनीया, इलाका प्रहरी कार्यलय पकडीका प्रमुख प्रहरी निरिक्षक राजिव श्रेष्ठ, बैंकका तौलिहवा शाखाका शाखा प्रबन्धक शंकर घिमिरे, पकडी एक्स्टेन्सन काउन्टरका इन्चार्ज विमल के.सी लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।