April 30th, 2024

टोयोटा गाडी किन्न गरिमा विकास बैंकले आधार दरमै कर्जा दिने

बैंकिङ खबर/ टोयोटा गाडी किन्न गरिमा विकास बैंकले आधार दरमै कर्जा प्रदान गर्ने भएको छ । बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट (नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक)बीच टोयोटा गाडी खरिद गर्ने ग्राहकहरुलाई आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने सम्झौता भएको हो ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटको तर्फबाट वरिष्ठ निर्देशक कैलाश राजभण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा युनाइटेड ट्रेडर्स सिन्डिकेटबाट ग्राहकहरुले नयाँ टोयोटा गाडी खरिद गर्दा गरिमा विकास बैंकबाट आधार दरमा नै अधिकतमा १२ वर्षसम्मको अवधिका लागि सवारी कर्जा लिन सक्नेछन् । ग्राहकहरुले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनको लागि टोयोटा ब्राण्डको सवारी साधन खरिद गर्दा यो कर्जा सुविधा प्राप्त गर्ने जनाइएको छ ।