Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंकको सञ्चालकमा कार्की र बलायर नियुक्त

२०८१ बैशाख १८ गते

बैंकिङ खबर/प्रभु बैंकमा दुई सञ्चालक नियुक्त भएका छन्। बैंकको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले बैंकमा रिक्त रहेको दुई सञ्चालक पदमा नयाँ नियुक्ति गरेको हो ।

जस अनुसार बैंकले संस्थापक शेयरधनीको समूहबाट रिक्त रहेको संचालक पदमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ४ बिशालनगर बस्ने किशोर जंग कार्की (प्रतिनिधि क्लाउड मण्डप प्रा. लि.) लाई नियुक्त गरेको छ।

त्यस्तै सर्वसाधारण समूहबाट रिक्त रहेको सञ्चालक पदमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं.१५, खुमलटार बस्ने भावना बलायरलाई नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ।