Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

अर्जुनराज खनिया एन आई सी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

admin २०८१ बैशाख १५ गते
सेयर:

बैंकिङ खबर/अर्जुनराज खनिया एन आई सी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन् । यसअघि सहायक महाप्रबन्धक पदमा कार्यरत खनियालाई बैंकले बढुवा गरेर सहायक प्रमुख कार्यकारी अधिकृत बनाएको हो ।

सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियासँग बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरेको २० वर्षभन्दा लामो अनुभव छ । सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरिक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका उनी सन् २०१० मा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भएका थिए ।

तत्पश्चात एनआईसी एशिया बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेत्तृत्वदायी भुमीकामा रही काम गरेका खनिया बैंकको सूचना अधिकारी पनि हुन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।