बैंकिङ खबर/ चालु आर्थिक वर्षमा तेस्रो त्रैमाससम्ममा लक्ष्मी सनराइज बैंकको खुद मुनाफा २७.७० प्रतिशत वृद्धि भएको छ।
बैंकले शुक्रबार सार्वजनिक गरेको यस अवधिको अपरिस्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा एक अर्ब ६१ करोड ५९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको हो।
गत आर्थिक वर्षको यहि अवधिसम्ममा बैंकले एक अर्ब २६ करोड ५३ लाख रुपियाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।




